नमस्कार, मेरो नाम आयुषा माली हो। म कक्षा नौ मा पढ्छु। म आज चरेसको थाल को बारेमा केहि कुराहरू लेखन गइरहेको छु। सामाजिक अध्ययन विषयको परम्परागत ज्ञान र प्रविधि भन्ने पाठ अन्तर्गत खोजी गर्ने क्रममा मैले चरेसकोयोथाल फेला पारेँ ।म अाज परियाेजना कार्य गर्दै छु।याे थाललाई नेपालीमा चरेसको थाल अथवा काँसको थाल भनिन्छ ।मेरो बिषय चरेसको थाल अभ्यास अध्ययन परियोजना हो।
चरेसको थाल ८० प्रतिशत कासँ तामा र २० प्रतिशत टिन धातु मिसाएर पगालेर बनाइने गरिन्छ। यो थाललाई नेवारी भाषामा केँ भु भनिन्छ । मिश्रित धातुबाट बनेको चरेसको थालमा खाना खायो भने प्रेसर कम गर्छ भनेर पहिले पहिलेका मानिसहरूले भन्ने गर्छन् । यो थालमा विशेष गरी नेवारहरू जातिका मानिसले पाहुनालाई खाना, खाजा दिने गर्छन् । यो थाललाई राम्रोसँग माझ्यो भने ऐना जस्तै टल्किन्छ ।यो थाल खाना खानको साथै आकर्षकका लागि पनि महत्त्व राख्छ।
अंग्रेजी विषय मा: It is widely popular for its shinny look and is often associated with nepalese and newari traditions.It is considered good to eat in brass plates because it kept the food pure and warm.
गणित विषय मा : यो थालबाट हामीले यसको क्षेत्रफल, आयतन निकाल्न सकिन्छ। जस्तै यो थालमा कति पानी अटौछ यसको आकलन गर्न पनि सकिन्छ। यो वृत्त आकारको पनि छ।
विज्ञान विषय मा : चरेसको थाल कुनै एक वा एक भन्दा बढी धातु जन्य पदार्थबाट बनेको हुन्छ। सामान्यता चरेसको थालमा खाना खाने भएकाले यो रसयेनिक प्रतिक्रिया नगर्ने धातुबाट बनाएको हुन्छ।
मैले यस परियोजना बाट धेरै कुराहरू सिक्न पाएको छ। यसबाट मैले सिकेको कुरा पुरानो सर सामग्री हराउँदै गएकोले हामी सबैले गरिएको परियोजना भनेर हामीले परियोजना गरेको हो। मैले परियोजनामा यति कुराहरू सिक्न पाएको छु।