ललितपुर जिल्लाकाे सदरमुकामबाट ५ किलाेमिटर दक्षिणी भागमा पर्ने गाेदावरी नगरपालिका, वडा नम्बर १२ ठेचाेमा वि.स. २०२६ वैशाख २२ गते सरस्वती प्राैढ हाइस्कुलका नाममा विधिवत् रूपमा स्थापना भई हाल श्री सरस्वती माध्यमिक विद्यालयका नाममा सञ्चालन भएकाे यस विद्यालयमा हाल ३६७ छात्रा र ३२० छात्र गरी जम्मा 687 जना विद्यार्थी अध्ययनरत छन् । विशेष गरी तामाङ, नेवार, मगर, गुरुङ, राई, क्षेत्री, बाहुन, मधेशी, दलित आदि विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा करिब ८२ प्रतिशत विद्यार्थी जनजति समुदायका र ६ प्रतिशत विद्यार्थी दलित समुदायका रहेका छन् । यहाँ २७ जना नियमित र ८ जना आंशिक शिक्षक तथा कर्मचारीहरू कार्यरत छन् । बालविकासदेखि कक्षा १२ सम्म सञ्चालित यस विद्यालयले विगतका दिनमा थुप्रै आरोह अवराेह पार गरी शिक्षाकाे आलोक छर्ने थलाे बनेकाे छ।
यस विद्यालयको स्थापना शिक्षाप्रेमी स्वः शम्भुबहादुर कार्की, झङ्कराज ढुङ्गाना र तात्कालीन प्रधानपञ्च रामबहादुर महर्जनको सक्रियतामा २०२६ साल वैशाख २२ गते स्थापना भएको थियो । यो विद्यालय स्थापनाताका सरस्वती हाईस्कुल नामक रात्रि विद्यालयको रूपमा स्थापना भएको थियो । विद्यालय स्थापना हुँदादेखि नै कक्षा ६ देखि कक्षा १० सम्म तात्कालीन पञ्चायत भवन रहेको ठाउँमा सञ्चालन गरिएको थियो । विद्यालयले शिक्षा ऐन नियमावलीको सर्तहरू पूरा गरेपछि २०२६ साल भाद्र १० गते विद्यालय सञ्चालन गर्न अस्थायी स्विकृति प्राप्त गरेको थियो । विद्यालय स्थापनाकालदेखि २०३० सम्म अधिकांश स्थानीय शिक्षकहरूकै स्वयं सेवाका भरमा सञ्चालन भएको थियो । त्यस समयमा आर्थिक सङ्कटका कारण शिक्षकहरुको तलब र प्रशासनिक खर्च धान्न कठिन थियो । त्यसैले विद्यालय सञ्चालन गर्न घरधुरी शिक्षा कर उठाइयो । २०३० सालमा नयाँ शिक्षा योजना (राष्ट्रिय शिक्षा पद्धतिकाे योजना ) लागू भएपछि मात्र स्थानीय शिक्षकहरुले तलब पाउन थालेका थिए ।
यो विद्यालय वडा कार्यालय भवनको पूर्वतर्फ करिब २५० मिटरको दुरीमा रहेको छ । विद्यालय परिसर विद्यालयको आफ्नै नाममा रहेको करिब १४ रोपनी जग्गामा फैलिएको छ । यस विद्यालयको मुख्य सेवा क्षेत्र वडा नं. १२ ठेचो गाँउ हो । यसका अलवा चापागाउँ, धापाखेल र झरुवारासीका विद्यार्थी पनि यहाँ पढ्न आउँछन् । यस विद्यालयको सेवा क्षेत्रभित्र नेवार जातिको बहुल्यता भएता पनि स्थानीय समुदायबाट एकदमै कम विद्यार्थी आउने गरेको देखिन्छ । यसर्थ, यस विद्यालयमा देशभरिका विभिन्न जिल्लाबाट रोजगारीको अवसर खोजी गर्दै आउने आर्थिक र सामाजिक रुपमा पछाडि परेका वर्गहरूकै बाहुल्यता रहेकाे छ ।
यस विद्यालयमा बाल विकास केन्द्रदेखि १२ कक्षासम्म सञ्चालनमा रहेको छ । कक्षा ४ देखि ८ सम्म कम्प्यूटर शिक्षाको व्यवस्था छ । विद्यालयका सबै कक्षामा शैक्षिक वर्ष वि.सं. २०८० देखि कम्प्युटर र स्मार्ट टिभी जडान गरी डिजिटल कक्षा सञ्चालन गरिएको छ । कक्षा ११ र १२ मा लेखा, समाजशास्त्र, होटलम्यानेजमेन्ट र कम्प्युटर विषय पनि सञ्चालन गरिएको छ ।
यस विद्यालयले शैक्षिक सत्र २०७९ देखि नयाँ साेच र अभियानका साथ एक नमुना विद्यालयकाे रूपमा विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
विद्यालयको दीर्घकालीन सोच (Vision)
आधुनिक र गुणस्तरीय शिक्षायुक्त नमुना विद्यालय सरस्वती मावि
भविष्यको लक्ष्य (Mission)
२०७९ लाई आधार मानी तिन वर्षभित्र नमुना विद्यालयका रूपमा स्थापित गर्ने
विद्यालयले अपनाउने नीति (Policy)
हाम्रो यस अभियानमा यहाँहरू सबैकाे साथ र सहयाेगकाे आशा एवम् विश्वास लिएका छाैँ ।
Mathematics Teacher
Mathematics Teacher
श्री सरस्वती माध्यमिक विद्यालय
ठेचाे, गाेदावरी नगरपालिका-१२, ललितपुर, बागमती प्रदेश
फोन नं.: ०१५७०४८६