बज्रबाराही मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको बज्रबाराहीमा पर्छ । बज्रबाराही मन्दिर नेपालको एक शक्ति पीठको रूपमा प्रख्यात छ । काठमाडौँ उपत्यकाको ४ बाराहीहरू (निल बाराही -पूर्व, धुमबाराही-पश्चिम,श्वेत बाराही-उत्तर र बज्रबाराही-दक्षिण) मध्येको एक प्रसिद्ध मन्दिर हो । तान्त्रिक विधिबाट गुभाजुहरूबाट नित्य पूजा गरिने यस मन्दिर मा अष्ट मातृकासहित बज्रबाराही शिलाको मूर्ति छ । दुर्गा कवचमा वाराही देवीको चर्चा विभिन्न ठाउँमा गरिएको हुनाले पनि बज्रबाराही उपासनाको ठुलो महत्त्व रहेको यहाँको पुजारी बत्ताउँछन् ।
प्राकृतिक सौन्दर्यले भरिएको ठाउँको महत्त्व पनि यो मन्दिर एक हजार पाँच सय मिटर उँचाइ रहेको गोदावरी नगरपालिका ११ मा पर्दछ ।
यस मन्दिरको स्थापना पाटनका राजा श्री निवास मल्लले वि. स. ७८६ चैत्र शुक्ल सुदि ८ सोमबारको दिनमा निर्माण गर्न लगाएको बुझिन्छ यिनै राजाले सिलाको महिष मूर्ति बनाइ मन्दिरको ठिक अगाडि पारी वि. स. ८३२ मा स्थापना गरेको कुरा शिलालेखमा उल्लेख गरिएको छ । करिब ५६ वर्ष अघि वज्रवाराहीको चोरी भएको थियो जसलाई नेपाल प्रहरीले फेला पारेर छाउनी स्थित राष्ट्रिय सङ्ग्रहालयमा राखेको थियो ।