नमस्कार ! मेराे नाम रञ्जु तामाङ हाे । म कक्षा नाै मा पढछु । मैले सामाजिक बिषय अध्ययन अन्तगत हाम्राे परम्परागत सामाग्री भन्ने पाठबाट सम्बान्धित परियाेजना कार्य गरेकाे छु । मैले ल्याएकाे सामाग्रीकाे नाम प्याला हाे।
प्याला माटोबाट बनेको परम्परागत सामाग्री हो । यो रक्सी, दही, तेल हाल्नको लागि प्रयोग गरिन्छ । प्याला ठाउँ, क्षेत्र अनुसार छुट्टा छुट्टै कामको लागि प्रयोग गरिन्छ । नेवार समुदायमा रक्सी खान प्रयोग गरिन्छ भने तराइ क्षेत्रमा दही राख्न प्रयोग गरिन्छ । यो नेवारी समुदायमा एेला वा रक्सी खाने काममा निकै प्रचलित रहेको छ । भोज भतेर, पूजापाठमा रक्सी चढाउन प्रयोग गरिन्छ । प्यालाको आकार विभिन्न प्रकारको हुन्छ । कुनै प्याला सानो हुन्छ भने कुनै प्याला ठुलो हुन्छ । तर अहिलेको समयमा प्याला लेप हुँदै गएको छ । प्यालाको ठाउँमा अहिले गिलास र कप जस्ता आधुनिक सामाग्री आएको छ हामीले हाम्रो परम्परागत ज्ञान, सिप बाट निर्माण भएको परम्परागत सामाग्रीको संरक्षण र जगेर्ना गर्नुपर्छ ।
प्यालाको निर्माण गर्दा सफा झारपात नभएको मलिलो माटोको आवश्यकता पर्छ । यसलाई मेसिनबाट नभएर हातले नै निर्माण गरिन्छ । प्याला निर्माण गरेर एक हप्ता जति घाममा सुकाएर सुकेपछि आवश्यकता अनुसारको बुट्टा भरी रङ लगाएर बजारमा लगी यसको व्यापार पनि गर्न सकिन्छ । यसको व्यापारबाट आर्थिक आम्दानी हुन्छ र खेर जाने माटोको पनि सही सदुपयोग हुन्छ ।
प्यालालाई आ आफ्नो भाषाबाट नामकरण गरिन्छ । जस्तै: प्याला नेपाली फारसी शब्द हो । अङ्ग्रेजीमा wine-pot भनिन्छ । नेवारी भाषामा सलिचा वासली भनिन्छ । तामाङ भाषामा साप्राङला ताङ भनिन्छ । भोजपुरीमा काेसेया भनिन्छ ।
प्यालालाइ विभिन्न कक्षा ९ मा अध्ययन गर्ने विभिन्न विषयसँग जाेडेर गरेकाे खाेज संकलनलाइ प्रस्तुत गर्न गइरहेकाे छु ।
सर्वप्रथम नेपाली विषयसँग जाेड्न चाहन्छु । प्याला फारसी भाषाबाट आयात गरिएको नेपाली शब्द हो । यो नामवाचक वर्गमा पर्दछ । प्यालाको नेपाली शब्दकोश अनुसार पियालो दूध, चिया आदि खाने काममा उपयोग गरिने कचौराजस्तो भाँडो; चिया खाने कप भन्ने बुझिन्छ । नेपाली शिक्षकका अनुसार प्यालालाई कविता, कथा, स्मृति लेखन, अनुच्छेद लेखन, वर्णन, व्याख्या, हास्य व्यङ्ग्य आदिको रचना गर्न सकिन्छ । म यहाँ प्यालाकाे वातावरणसँगकाे सम्बन्धका बारेमा एक अनुच्छेदमा लेख्न गइरहेको छु ।
प्यालाकाे वातावरणसँग जैविक सम्बन्ध रहेकाे छ । प्याला निर्माणमा प्रयाेग हुने कच्चा पदार्थ जस्तै माटाे, बालुवा, पानी वातावरणका एक अभिन्न अङ्ग हाे । प्याला निर्माणका लागि प्रयाेग अाैजारहरू पनि काठ, ढुङ्गाबाट नै बनेका हुन्छन् । यीनिहरू कुहिने गर्छन् । वातावरणालाइ कम हानी नाेक्सान गर्दन् । प्याला एक पटक प्रयाेग गरेपछि अर्काे पटक प्रयाेग गर्दैनन् । पाेलेकाे माटाेकाे प्याला सफा र स्वच्छ हुन्छ । किनभने प्याला निर्माण गर्दा माटाे देखि बालुवा सम्मलाइ राम्ररी छान्ने देखि पाेल्ने सम्मका काम हुन्छ । प्यालामा रंग वा इनामेलकाे प्रयाेग हुँदैन् । याे वातावरण मैत्री छ ।
अब म अंङग्रेजी विषयसँग जाेडेर परियाेजना कार्यलाइ अगाडि बढाउन चाहन्छु । प्यालकाे बारेमा introdcutory paragraph writing प्रस्तुत गरिरहेकाे छुः
Pyala is a traditional clay bowl for drinks. It holds traditional beverages like Raksi, yogurt, and oil. Different regions or communities use it in various ways. In the Newar community, It is used for storing and serving beverages like traditional rice wine (Raksi). In the Tarai region, Pyala is often used for yogurt. Pyala sizes can vary, from small to large. Nowadays, people use glass instead of traditional Pyala. It is essential to preserve and pass on the knowledge and practices of Pyala culture which has been a part of our traditional heritage.
अब म प्यालालाइ "विज्ञान बिषय" संग जाेड्न चाहन्छु । विज्ञान शिक्षककाे अनुसार प्याला जैविक पदार्यबाट बनेकाे हुन्छ। अर्थात माटाे, बालुवा, पानी र अागाे काे समिश्रणबाट बनेकाे हुन्छ । यसलाइ टुक्रा बनाउँदा माटाेमा खनिज पदार्थ, मिनिरल्स, पानी र हावा मिसिएर बनेकाे हुन्छ । बालुवामा थाेरै मिनिरल्स, सिलिका silica (SiO₂) र अक्सिजन मिसिएकाे हुन्छ । पानीमा हाइट्राेजन र अक्सिजन (H2O) हुन्छ । अागाे दाउरा Fuel (hydrocarbon) + Oxygen (from the air) → Carbon Dioxide + Water + Energy (heat and light) रहेकाे हुन्छ । प्याला भित्र रहेकाे बालुवा र माटाेमा हावा नभएका कारणले यसमा राखिएकाे तरल बस्तु रसाउने गर्दैनन् । जब प्याला लामाे समय सम्म पानीमा भिजेपछि पानीसँगै हावा छिर्ने भएकाले प्याला मक्किने, टुटने र कुहिने गर्दछ ।
"गणित बिषय" :गणितीय विषय यसकाे अाकार अर्धगाेला हुन्छ र छेउपट्टिकाे भाग रेटट्रेङगुलर हुन्छ । यसमा कति तेल, दहि, वा रक्सी अटाउछ भनेर थाहा पाउन
Heme-sphere
Radius of heme-sphere(r)=10cm/2
=5
Volume of heme-sphere(v)=2/3πr3
=2/3*22/7*5³
=261.90#
T. S. A =3πr²
=3*22/7*5²
=235.71#
C. S. A=2πr²
=2*22/7*5²
=157.14
"सामाजिक बिषय" : प्याला नेवारी जातिकाे परम्परागत रक्सी खाने भाडा हाे। याे भाडाे सम्बन्धमा कक्षा नाै मा सामाजिक विषय अन्तरर्गत परम्परा भन्ने पाठमा अध्ययन गर्नुपर्छ यसले हाम्राे परम्परागत सस्कुति र ज्ञानकाे पहिचान गराउछ।
प्यालाको लेखा विषयसँग पनि सम्बन्ध जोडन सकिन्छ । प्याला एक सामग्री हो । यसको विक्री वितरण भइरहेको छ । त्यसैले यो एक व्यवसाय पनि हो । प्यालाको वर्तमान अवस्था कस्तो छ? किन प्यालाको उपयोग घटिरहेको छ ? के प्यालाबाट उद्यमी बन्न सकिन्छ? प्याला व्यवसायलाई कसरी पुनः जीवन दिन सकिन्छ? यो व्यवसाय गर्न कति आम्दानी खर्च लाग्छ ? कसरी बजारीकरण गर्ने भन्ने कुरा अध्ययन गर्न सकिन्छ ।
प्यालाको बारेमा विभिन्न जानकारी सङ्कलन गरी विभिन्न विषयसँग जोडेर परियोजना निर्माण गरेको हुँ । यसको उद्देश्य वास्तविक सिकाइ गर्नका लागि हो । साथै हाम्रा वरिपरि रहेका मौलिक सर सामग्री, अभ्यासको बारेमा जानकारी खोज्ने, सङ्कलन गर्ने र संरक्षणमा सहभागी हुनका लागि हो ।
यस परियोजना कार्य गर्दा पहिले परम्परागत सामाग्री घरबाट विद्यालय ल्याए । त्यसपछि शिक्षकले प्यालाको अभिलेख राख्नुभयो । विद्यालयमा स्थानीय सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ प्रदर्शनमा राखे । म्युजियम कार्ड बनाए । सामग्रीको सूचना सङ्कलन गरे। परियोजना कार्य गर्दा आफूलाई थाहा भएको कुरा विषयगत शिक्षकसँग सहयोग लिए । विषयगत रूपमा परम्परागत सामाग्रीको बारेमा लेखे । परियोजना कपीमा ‛सोच, गर र भन’ अभ्यास गरे। कम्प्युटरमा टाइपिङ गरे । परियोजना कार्य मिनी नेपालमा पोस्ट गरे।
यो परियोजना कार्य गर्दा मलाई धेरै खुसी लागेको छ । मैले हाम्रा मौलिक सर सामग्रीको बारेमा बुझ्ने मौका पाए । एकै सामग्रीबाट यति धेरै कुरा गर्न सकिने रहेछ । खोज्न सकिने रहेछ भन्ने आत्मविश्वास बढाएको छ । परियोजना कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ।