दाजु भाइ

नमस्कार !! मेरो नाम नेमत तारा हो । म कक्षामा चारमा पढ्छु । म एउटा कथा निर्माण गरेकी छु । त्यो कथाको शीर्षक दाजु भाइ हो ।

एउटा गाउँमा दुई जना दाजु भाइ बस्थे । दाजुको नाम पाइपर र भाइको नाम जे सीस थिए । उनीहरू एक अर्कालाई धेरै माया गर्थे । उनीहरूको आमा बुबा थिएनन् । उनीहरू धेरै इमान्दार र मेहनती थिए । 

एक दिनको कुरा हो । पाइपरले जेसिसलाई  बोलाउँदै भन्यो म आज अर्को गाउँमा जाँदै छु । त्यसपछि जेसिसले भान्सा कोठामा थोरै रहेका खाना दिँदै भन्यो दाइ यो राख्नुहोस् । हजुर अको गाउँमा जाँदा खानुहोस् । जेसिसको कुरा सुनेर पाइपरको आँखामा आँसु आयो र उसले जेसिसलाई अङ्कमाल गर्छ । त्यसपछि दाइ बिदा हुन्छ । केही दिनपछि  दाजु आउँछ  । त्यो देखेर जेसीस खुसी हुन्छ । त्यसरी नै दिनहरू बित्यो । एक दिन पाइपरले जेसिसलाई बोलाएर भन्यो के तिमि नदीमा डुब्न सक्छौ? त्यो सुनेर जेसिसले भन्यो होइन म नदीमा डुब्न सक्दिन भनेर जेसीस साथीसँग खेल्न  खेल्न जान्छ । दाइले भनेको मान्दैन । 
जेसीस साथीसँग खेल्दा खेल्दै बेहोस हुन्छ । त्यो कुरा सुनेर पाइपरले जेसिसलाई अस्पताल लान्छन् । एक छिनमा जेसीस होसमा आउँछ । जेसिसले आफ्नो गल्ती स्वीकार गर्छ । त्यसले भन्छ मलाई माफ गरिदिनु मलाई थाहा थिएन हजुरले मेरो जाँच मात्र लिनु भएको हो । दाजु भाइले एक अर्कालाई अङ्कमाल गर्छन् । त्यस दिन देखि दुवै दाजु भाइ खुसी खुसी आफ्नो जीवन बिताउन थाल्छन् । धन्यवाद !!!  

परियोजना शिक्षक

लक्ष्मी दाहाल

नेपाली

२०८०-०८-२०

सम्बन्धित पाेस्ट