सबै जनालाई नमस्कार ! मेरो नाम हरिमान मगर हो। म कक्षा ९ मा अध्ययनरत छु । म सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय भित्रको हाम्रा परम्परागत प्रविधि, सीप र अभ्यास विषय अन्तर्गत परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु । मेरो विषय हुक्का एक परम्परागत सामग्रीको अध्ययन रहेको छ।
हुक्का धुवाँ तान्ने एक परम्परागत प्रविधि हो । हुक्का सामान्यतया काठलाई कुँदेर बनाइएको हुन्छ । हुक्का प्रयोग गर्न काठ, नरिवलको गट्टा, पाइप, चिलिम, कोइलाको आवश्यकता पर्छ । यसमा तलपट्टि एउटा नरिवलको गट्टा जोडिएको हुन्छ । त्यसमा पानी राखिन्छ । त्यही गट्टामा पानीलाई नछुने गरी एक प्वाल बनाइन्छ र त्यसमा पाइप जोडिन्छ । माथितिर टुप्पामा चिलिम हुन्छ । चिलिममा तमाखु, हर्रा, बर्रा जस्ता सामग्री राखी आगाेकाे कोइला राखेर सल्काइन्छ र तलकाे पानी राखेकाे भागमा पाइप जाेडिन्छ । पाइपकाे अर्काे टुप्पा मुखमा राखेर धुवाँ तान्ने गरिन्छ । हुक्काको तलतिरको भागको आकार गोलो हुन्छ । यसको टुप्पो तिरको भाग र बिचको भाग बेलना आकारको हुन्छ ।
हुक्का शेष गरी गाउँघर तिरको बुढापाकाले प्रयोग गर्ने गर्दछन् । यो परम्परागत रूपमा धूम्रपान गर्ने भाँडा हो । हामीले शरीरलाई हानी गर्ने सुर्तीको सट्टामा हर्रा, बर्रा वा स्थानीय औषधिमूलक पातपतिङ्गर राखी बनाउन पनि सकिन्छ । यो मौलिक चलन हो । यो कम हानिकारक र स्वास्थ्यकरक पनि हुन्छ ।
हुक्कालाई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । अङ्ग्रेजीमा hookah भनिन्छ । नेवारी भाषामा नैका होखा भनिन्छ । यसै गरी उर्दु र हिन्दी भाषामा हुक्का नै भनिन्छ । यो कुरा मैले साथीभाइ र सरलाई सोधेर लेखेको हुँ ।
हिजोआज हुक्का भन्दा बजारमा पाइने सिसाको हुक्का जस्तै देखिने हुक्काहरू प्रचलनमा बढी भएको देखिन्छ । बजारमा उपलब्ध विभिन्न स्वादका हुक्का र आधुनिक अभ्यास तथा शैलीले पुरानो हुक्का लोप भएको छ । हुक्काका लागि आवश्यक कच्चा पदार्थहरू जस्तै हर्रो, बर्रा, सुर्तीको अभाव, हुक्का बनाउने ज्ञान, सीप र अभ्यासको अभावले यो लोप भएको हो । प्राकृतिक जीवनशैली बाँच्नका लागि यस्ता परम्परागत ज्ञान, सीप र अभ्यासबाट आत्मनिर्भर बाँच्न सिकाउने छ । यस्ता ज्ञान, सीप र अभ्यासको भविष्यका लागि उदाहरण बन्न सक्छ ।
हुक्काको परिचयसँगै कक्षा ९ मा अध्ययन गरिरहेको विभिन्न विषयहरू नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान र लेखा विषयसँग जोडेर गरिएको अध्ययनको बारेमा लेख्न गइरहेको छु ।
हुक्का नाम वाचन शब्द हो । नेपाली शब्दकोश अनुसार हुक्का भन्नाले हुक्काको नरिवल वा धातु आदि भाँडामा सुमेरु घुसारिएको धुवाँ पानीमा छानिएर आउने खालको तमाखु खाने साधन भन्ने बुझिन्छ । नेपाली विषयमा हुक्काकाे बारेमा लेख, निबन्ध, स्मृति, कथा, कविता जस्ता विभिन्न कुराहरूकाे अध्ययन गर्न सकिन्छ ।
हुक्कालाई अङ्ग्रेजी विषयसँग जोडेर परियोजना कार्य अगाडि बढाउँछु । हुक्कालाई अङ्ग्रेजीमा ठ्याक्कै अर्थ भेटिएन तर पनि यसलाई hookah भनिन्छ । यो noun हो । अङ्ग्रेजी विषयमा हुक्काकाे विषयमा poem, eassy, story, description, paragraph writing जस्ता धेरै कुरा लेख्न सकिन्छ । म अङ्ग्रेजीमा हुक्काकाे बारेमा एक परिचयात्मक अनुच्छेद लेखिरहेकाे छु ः
"Hukka" is an old way of smoking, typically made of wood and coconut shell. It consists of a bottom part filled with water, a tube for air, a bowl, and a pipe with a chillim on top. People in rural Nepal still enjoy using hukka. Instead of harmful tobacco, we can make it less harmful by using herbs like Harra or Barra. This traditional practice, passed down from our ancestors, is both enjoyable and healthier.
हुक्कालाई गणित विषयसँग जोडेर जानकारी प्रस्तुत गर्दछु । हुक्काsf] बेलनाकार र गोलाकार हुन्छ । हुक्काको ज्यामितीय आकार, क्षेत्रफल, आयतन निकाल्न सकिन्छ । हुक्काको ज्यामितीय आकार बेलनाकार र गाेलाकार आकृतिमा रहेकाे हुन्छ । यसको क्षेत्रफल निकाल्न हुक्काको नाप स्केलले नापेर निकालेको छु ।
गोलाकारको क्षेत्रफल (A) =πr2
बेलनाकारको क्षेत्रफल (A) =४ πr2
हुक्कालाई सामाजिक विषयसँग जोड्न चाहन्छु । सामाजिक अध्ययनमा यो परम्परागत अभ्यास र सीप अन्तर्गत विषयसँग सम्बन्धित छ ।
हुक्काको लेखा विषयसँग पनि सम्बन्ध जोडन सकिन्छ । हुक्का एक सामग्री हो । यसको विक्री वितरण भइरहेको छ । त्यसैले यो एक व्यवसाय पनि हो । हुक्का को वर्तमान अवस्था कस्तो छ? किन हुक्काको उपयोग घटिरहेको छ ? के हुक्काबाट उद्यमी बन्न सकिन्छ? हुक्का व्यवसायलाई कसरी पुनः जीवन दिन सकिन्छ? यो व्यवसाय गर्न कति आम्दानी खर्च लाग्छ ? कसरी बजारीकरण गर्ने भन्ने कुरा अध्ययन गर्न सकिन्छ ।
हुक्काको बारेमा विभिन्न जानकारी सङ्कलन गरी विभिन्न विषयसँग जोडेर परियोजना निर्माण गरेको हुँ । यसको उद्देश्य वास्तविक सिकाइ गर्नका लागि हो । साथै हाम्रा वरिपरि रहेका मौलिक सरसामग्री, अभ्यासको बारेमा जानकारी खोज्ने, सङ्कलन गर्ने र संरक्षणमा सहभागी हुनका लागि हो ।
यस परियोजना कार्य गर्दा मैले सामग्री ल्याउन नसकेको कारणले शिक्षकले मलाई हुक्का दिनुभयो । त्यसपछि शिक्षकले हुक्काको अभिलेख राख्नुभयो । विद्यालयमा स्थानीय सङ्ग्रहालय निर्माण भइरहेको छ । मैले ट्यटयसलाई त्यहाँ प्रदर्शनमा राखेँ । म्युजियम कार्ड बनाएँ । सामग्रीको सूचना सङ्कलन गरेँ। परियोजना कार्य गर्दा आफूलाई थाहा भएको कुरा विषयगत शिक्षकसँग सहयोग लिएँ । विषयगत रूपमा परम्परागत सामाग्रीको बारेमा लेखेँ । परियोजना कपीमा ‛सोच, गर र भन’ अभ्यास गरेँ। कम्प्युटरमा टाइपिङ गरेँ । परियोजना कार्य मिनी नेपालमा पोस्ट गरेँ।
यो परियोजना कार्य गर्दा मलाई धेरै खुसी लागेको छ । मैले हाम्रा मौलिक सर सामग्रीको बारेमा बुझ्ने मौका पाएँ । एकै सामग्रीबाट यति धेरै कुरा गर्न सकिने रहेछ । खोज्न सकिने रहेछ भन्ने आत्मविश्वास बढाएको छ । परियोजना कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ।