मेरो बारेमा

नमस्कार ! मेरो नाम नेमत तारा हो । मेरो जन्म २०७०/१०/ १८ गते पर्छ । म श्री सरस्वती माध्यमिक विद्यालयमा पढ्छु । मेरो विद्यालय गोदावरी नगरपालिका १२, ठेचो, ललितपुरमा पर्छ । म कक्षा चारमा अध्ययन गर्छु । मेरो स्थायी ठेगाना ईशनाथ नगरपालिका ८, रौतहट, मोतीपुरमा हो । हाल म गोदावरी नगरपालिका १२, ठेचो ललितपुरमा बस्छु ।

मलाई विज्ञान विषय मन पर्छ किनकि विज्ञान विषयले डाक्टर बन्न सहयोग गर्छ । मलाई इतिहास र नेपाली किताब पढ्नमा रुचि रहेको छ । मलाई अतिरिक्त क्रियाकलाप मन पर्छ । मैले चम्चा गुच्चामा भाग लिएर प्रथम पुरस्कार पनि प्राप्त गरे ।

म भविष्यमा डाक्टर बन्नेछु । यो समाज र राष्ट्रमा बिरामी जाँचेर सेवामा लाग्ने छु ।

धन्यवाद !


परियोजना शिक्षक

लक्ष्मी दाहाल

नेपाली

२०८१-०२-२५

सम्बन्धित पाेस्ट