खुुकुरी | खुुकुरी हाम्रो देशको राष्ट्रिय हतियार हो । |
---|---|
खुुकुरी | खुुकुरी धारिलो चिज हो । |
खुुकुरी | अहिले धेरै गाउँ घरमा दाउरा काट्न |
खुुकुरी | मासु काट्न |
खुुकुरी | खसिबोका काट्न धेरै प्रयोग गन्छि । |
खुुकुरी | खुकुरी मा तीनवटा धर्सोहरू पनि अनिवार्य रुपमा हुनैपर्छ र तलदेखि बिँडको छेउँसम्म ति धर्सोहरू खिचिएको हुनुपर्छ । |
खुुकुरी | खुकुरीको टुप्पादेखि कौडीसम्म धार अनिवार्य रुपमा राखिएकै हुनुपर्छ |
खुुकुरी हाम्रो देशको राष्ट्रिय हतियार हो । खुुकुरीलाई रक्षा गर्ने हतियारमा लिइन्छ । खुुकुरी धातुले बनेको हुुन्छ । खुुकुरी धारिलो चिज हो । ७ औँ सातब्दीमा विदेशीसँग युद्ध गर्न खुुकुरीको धेरै मात्रामा प्रयोग गरेको पाइन्छ । नेपालको भोजपुर जिल्लामा उत्पादन भएको खुुकुरी प्रसिद्ध मानिन्छ । खुुकुरी प्राय सबै ठाउँमा प्रयोग हुन्छ तैपनि अहिले धेरै गाउँ घरमा दाउरा काट्न , मासु काट्न , खसिबोका काट्न धेरै प्रयोग गन्छि । हाम्रो देशमा अहिले पनि बिर गोखालीहरुले खुुकुरी चलाएको पाइन्छ । हाम्रो देशमा दौरा सुरुवालमा कम्मरमा लगाउने चलन छ । प्राय ग्रामिण क्षेत्रमा राती खुुकुरी बोकेर हिड्यो भने भुत प्रेत लाग्दैन भन्ने चलन रहेको छ । पहिले नेपालमा पुर्खाहरुले यूद्ध गर्दा बन्दुक थिएन । बन्दुग नभएको कारण खुुकुरीले जितेका थिए ।
नेपालीलाई संसारभर वीर भनेर चिनाउने गहना पनि खुकुरी नै हो । खुकुरी नेपालमा विभीन्न जात जाती हरुले आफ्नों संस्कार र संस्कृति अनुसार कुल पुजा गर्ने गरेको पाईन्छ । मगर,राई, लिम्बु ,खस क्षेत्री आदी नेपाली हरूको खुकुरीमा कुल देवताको बास हुन्छ । नेपालीहरू खुकुरीको कहिल्यै पनि दुरुपयोग गर्नु हुदैन भन्नछन् । खुकुरीले भोग खाएर छाड्छ भन्ने विश्वास समेत नेपाली छ । खुकुरी मा तीनवटा धर्सोहरू पनि अनिवार्य रुपमा हुनैपर्छ र तलदेखि बिँडको छेउँसम्म ति धर्सोहरू खिचिएको हुनुपर्छ । खुकुरीको टुप्पादेखि कौडीसम्म धार अनिवार्य रुपमा राखिएकै हुनुपर्छ र धार र बिँडको बीचमा तीनचोसे कौडी पनि हुनैपर्छ ।