चल्दछ हावा चारैतिर
सबै वृक्ष र प्राणीलाई बचाउन ।
उनको लागि कोही साना छैन
दयालु छ सबै प्राणीलाई बचाउन ।।
अदृश्य छ तर पनि अस्तित्वमा छ
आवश्यकता यहीँ हो त्यसैले सबैको प्रिय छ ।
कारण यहीँ हो सबै बाँचेको छ
बाँच्नु छ त्यसैले यसको महत्त्व धेरै छ ।।
दुर्गन्ध नपारौँ हावा सबैले सास फेर्नु छ
यहाँ सबै मिलेर सँगै बाँच्नु छ ।
यो स्वच्छ हावासँगै जिन्दगी गुजार्नु छ
प्रकृतिका सुगन्धसँगै जीवन बिताउनु छ।।