चकटी

मेरो नाम दिपा मोक्तान हो। म कक्षा ९ मा पढ्छु हाम्रो समाजमा परम्परा देखी चलिआएको पुराना सामाग्रीहरू धेरै छन् ती मध्य चकटी पनि एक  पुराना सामग्री हो। यो चकटी एक जना अटाउने गोलाकारको भुईँमा ओक्षायर बस्न प्रयोग गर्ने पुरानो सामग्री हो। चकटी बनाउन नाल,परल मकैको खोस्टा,बाबियो जस्ता आदिबाट बुनेको हुन्छ।  यसलाई चकटी वा परालको पिरा आदि नामले चिनिन्छ। पहिले पहिले पाहुनाको सत्कारका लागि पनि नयाँ चकटीको प्रयोग गरिन्थ्यो प्रकृतिको रूपमै उपलब्ध सामग्रीको प्रयोग थोरै सिप भएको व्यक्तिहरूबाट पनि कम सम्पन्न हुने भएकाले यस्ता सामाग्रीहरूको बेग्लै महत्त्व हुन्छ।

चकटी नेपालीहरुको कला र सस्कृतिको पहिचन गरउछ। यो हाम्रो पुर्खाहरुबाट सिक्दै आएको सिप हो।  चकटी नेपालीहरुको चकटी नेपालीहरुको मौलिक सामग्री हो। यो आफ्नै खेतका नालीको मकैको खोस्टा वा परालबाट पनि बनाउन सकिन्छा। चकटीमा ताप प्रसारण नहुने भएकाले यस्मा बस्दा भुइमा बस्ने जस्तो चिसो हुदैन।यसले हाम्रो शरीरबाट तापशक्ती जमिनमा प्रभाव हुन दिदैन। साथै यसमा बस्दा यसमा भएका नरमपनाले शरीरलाई आघातपुग्नबाट पनि बचउछ।  चकटी गोलाकरमा रहेको हुन्छ यो वृत जस्तै भएकाले यसको क्षेत्रफ़ल पनि निकाल्न सकिन्छा। चकटी is a small mat that is locally made in our village.it is made out of none other than makaiiko khosta or leaf of the corn on the cob the skin is dried,separated and turned in four long  pieces that are out vertically along the fibers.it is just amazing to know that nothing goes to waste and people are so artistic in my country. चकटीलाई विभिन्न भाषामा फरक फरक नामले चिनिन्छ जस्तै थारु भाषामा सुप्पा,नेवारीमा चाक्लासुकु, अंग्रेजीमा round cushion,मैथलीमा भैठकी जस्ता आदि यस्ता आधुनिक सामाग्रीहरु ओझेलमा पर्दै आएको छ। यस्ता पुराना सामग्रीहरुलाई सकिएसम्म हामीले ओझेलमा हुन दिनु हुदैन।

नेपाली शिक्षक - चकटी नेपालीहरुको परम्परागत पुरानो सामग्री हो। यो चकटी नल,पराल,मकैको खोस्टा र चाउचाउको प्लास्टिकहरुबाट बाउन  मिल्छ यो हाम्रो पुर्खाबाट सिक्दै आएको सजिलो खालको सिप हो। यसले हामी नेपालीहरुको कला र सस्कृतिको पहिचान गराऊछ।

सामाजिक शिक्षक - चकटी नेपालीहरुको मौलिक सामाग्री हो। यसले हाम्रो परम्पराको देखीको ज्ञान र सीपलाई चिनउछा यसको प्रयोग पाहुनाहरुको सत्कार गर्न पनि सहयोग गर्छ।  खेतको नालिका मकैको खोस्टा,पराल वा चाउचाउको  प्लास्टिकहरुबाट बनाउन  मिल्छ।

विज्ञान शिक्षक - चकटीमा ताप प्रसारण नहुने भएकाले यसमा बस्दा भुइमा बसेको जस्तो चिसो हुदैन यसमा हाम्रो शरीरबाट तापशक्ति जमिनमा प्रभाप हुन दिदैन  साथै यसमा भएका नरमपनाले शरीरलाई आघात पुग्नबाट पनि बचउछा।

गणित शिक्षक - गणित विषयमा  चकटीको गोलाआकारको रहेको हुन्छ यो वृत जस्तै भएकाले यसको क्षेत्रफल पनि निकाल्न सकिन्छा।

अंग्रजी शिक्षक – चकटी is a small mat that is locally made in our village. It is made out of none other than makaiko khosta or leaf of the corn on the cob. The skin is dried, separated and turned in four long pieces that are our vertically along the fibres. It is just amazing to know that nothing goes to waste and people are so artistic in my country.

परियोजना गर्नुको मेरो उदेश्यहरु यस्ता पुरानो सामाग्रीको परियोजना लेख्दा,पढ्दा मैले धेरै कुराहरुको थप जानकारी लिन पायो र यस्ता पुराना सामाग्री बारे जानकारी नभाको व्यक्तिले पनि यो पुरानो सामाग्रीको परियोजना पढ्दा धेरै कुराको जानकारी पाउन सकिन्छ। यो चकटीको परियोजना गर्दा पछि पछिको लागि पनि जानकारी लिन धेरै मदत पुर्याउछ ।यस्ता पुराना सामाग्रीहरु बिस्तारै हराउन थालेको छ। यस्ता पुराना समाग्रिहरुले हाम्रो पुर्खाहरुको सम्झना दिलौछा। यो चकटीलाई धेरै विषयबाट पनि जानकारी लिन सकिन्दो रहेछ। चकटीलाई भाषा अनुसार फरक फरक नामले चिनिन्छ।यस्ता पुराना सामग्रीको बारे मैले लेख्न पाएकोमा धेरै खुशी लागेको छ।

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१९

सम्बन्धित पाेस्ट