नमस्कार ! मेरो नाम समीक्षा घिमिरे हो । म कक्षा पाँचमा पढ्छु । मेरो रोल नं. १४ हो । मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो । म आज चकटीको बारेमा लेख्न गई रहेको छु ।
चकटी खास गरी बस्नका लागि प्रयोग गरिन्छ । यो परम्परा देखि चली आएको छ । यो गाउँ घरमा प्रयोग गर्ने चलन धेरै छ । यो अहिले पनि प्रयोग गरिन्छ । यसलाई हामीले पराल, प्लास्टिक, मकैको खोस्टाबाट सजिलै सँग बनाउन सकिन्छ । चकटी खाना खाने बेलामा पाहुना आउँदा बस्नका लागि धेरै जसो प्रयोग गरिन्छ । यो ठाउँ अनुसार विभिन्न भाषामा बोलिन्छ । ठाउँ अनुसार विभिन्न वस्तुबाट बनाइन्छ । यसलाई मेरो (नेपाली) भाषामा चकटी नै भनिन्छ । राई भाषाबाट पिरा भनिन्छ । धन्यवाद ।