नमस्कार ! मेरो नाम सूचना मल्ल हो । म कक्षा पाँचमा पढ्छु । मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो । मेरो रोल्न बाह्र हो । म आज हँसियाको बरेमा लेख्न गइरहेको छु ।
हँसिया हाम्रो पुरानो हतियार हो । हँसिया फलाम र काठले बनेको हुन्छ । साना साना रुख र हाँगाहरू काट्न पनि हँसियाको प्रयोग गरिन्छ । थरी थरी घाँस काट्न पनि हँसियाको प्रयोग गरिन्छ । अरू देश भन्दा हाम्रो नेपालमा धेरै जस्तो हँसियाको प्रयोग गरिन्छ । हँसिया धेरै जस्तो गाउँघर तिर प्रयोग गरिन्छ । हँसिया धारिलो र बलियो हुन्छ । हँसिया कचिया भन्दा बलियो हुन्छ । हँसिया अनेक थरीका हुन्छन् । हँसियालाई तामाङ भाषाबाट ग्वरे भनिँदो रहेछ तर हाम्रो भाषा (नेपाली) मा हँसिया नै भनिन्छ । धन्यवाद ।