एका देशमा एउटा गाउँमा बुढा बुढी बस्थे । एक दिन उनीहरूलाई रोटी खान मन लाग्यो । बुढीले बुढालाई कुरा सुनाइन र बुढालाई दाउरा लिन पठाइन । बुढा दाउरा खोज्न गर् । बुढाले बाटोमा बाग भेटाए । एक्कासि बुढाले बाघ भेटे पछि डराउँदै बाघलाई भने आज मेरो घरमा रोटी बनाउन लगेको छ । मलाई अलिकति दाउरा देऊ । त्यसको बदला म तिमिलाई पनि रोटी दिन्छु । बाघले दाउरा दियो ।
बुढाले दाउरा लिएर घर गए । बुढीले रोटी बनाइन । बुढीले बनाउने । बुढा खाने गर्दै गए । एक्कासि रोटी सकिएछ । सोही समयमा बाघ रोटी खान बुढा बुढीको घरमा देखापर्र्याे । रोटी सकेकाले बूढाबूढी लुके । बाघले बुढालाई बोलायो । बुढा बोल्दै बाेलेन् । धेरै रोटी खाएकाले बुढीको पेट नराम्ररी दुख्यो । पेट फुल्यो । बुढीले बुढा मलाइ पाद आयो पाद्यौ भनिन । त्यतिकैमा बुढाको पनि नराम्ररी पेट दुख्यो । सानो स्वरमा बुढाले बुढीलाई भन्यो सानो गरी पाद । यति भन्न नपाउँदै बुढालाई पनि पाद आयो । बुढीलाई भन्यो म पनि पादै । बुढीले हुन्छ भनी । दुवै जनाले एकै समयमा पादे । त्यो पादबाट यति ठुलो आवाज निस्कियो कि बाघ डराएर भाग्यो । बुढाबुढी दुवै हाँसे र रमाइलो गरी बसे ।