नेपालै नरहे

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे 

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।१।

तराई हाम्रो सुनको  टुक्रा हिमाल हीराको

माटो र पानी पहिलो धर्तीका छोराको 

ए कहाँबाट हेरौँला संसार सन्झ्याल नरहे

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।२। 

 

दसैँ र तिहार रमाइला हाम्रो चड्का ख्यालीले 

हृदय हाम्रो जुरमुराउँछ जीतको झ्यालीले

बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।३।

आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न 

पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न 

बिम्झाैँला कहाँ पूर्वको पैलो उज्यालै नरहे 

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।४।

परियोजना शिक्षक

रत्नहरी सञ्जेल

ऐच्छिक नेपाली

२०८०-०५-०८

सम्बन्धित पाेस्ट