गहिरो नाता छ मेरो जमीनसँग
जरा जमीन मै जोडिएको छ ।
जिउ मेरो एक दमै ठुलो
हरियो कपालले सजिएको
आराम गर्न आउँछन् बटुवा
मेरै काखैमा
आनन्दको महसुस गर्छन्
आफ्नै मादमा ।।
काटे पनि काट मलाई
केही आवश्यकता पूरा गर्नलाई
सखाप हुने गरी नकाट मलाई
पछि आफै दुःख पाउनलाई
निच स्वार्थमा सखाप नपार मलाई
बरू धेरै राेपी बचाउ सबैलाई ।।