नमस्कार, म कक्षा नौ मा अध्यनरत छात्र सुरत वि.क। म सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय भित्रको हाम्रा परम्परागत प्रविधि, सीप र अभ्यास विषय अन्तर्गत परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु । मेरो विषय टुकी बत्ती हो। एक परम्परागत सीप र अभ्यास अध्ययन परियोजना आज ऐतिहासिक उपकरण टुकी(कुपी)बत्ती को बारेमा बताउँदै छु।अँध्यारो बाट उज्यालो तर्फ लैजाने फलाम, तामा,पित्तल वा काँचको भाडामा मट्टीतेल को प्रयोग गरेर सुतिको लत्ता को सानो भाग बिर्को बाहिर र लामो भाग भाडोको पिध सम्म पुर्याएर भाडोमा मट्टीतेल हाली बत्ती बाल्ने सामाग्रीलाई टुकी भनिन्छ।यसबाट कालो धुवाँ निस्कन्छ ।टुकी बत्ती बिजुली आविष्कार हुनु भन्दा पहिले संसार भर नै यस्तो प्रयोग गरिन्थ्यो ।यो सामान्य यन्त्र भएकाले सबै गाउँ वा टोलमा बाल्ने गरिन्थ्यो।टुकी आविष्कार सँगै प्रकाशको को एकरुपता तथा इन्धन लाग्ने भएकाले संसार भर नै टुकी व्यापक प्रयोग हुन्थ्यो।पुर्खाको जीवन शैली र तत्कालीन समयको पहिचान दिने टुकी बत्ती परम्परा लोभ भैसकेको छ ।विद्युतको बिस्तार र बैकल्पिक उर्जाको प्रयोग सँगै ती परम्परा हराउदै गएका छन्।आआफ्नो ठाउँ र संस्कृति अनुसार टुकीको फरक फरक बनावट र फरक फरक प्रयोग गर्ने तरिका रहेको हुन्छ । मैले लेखेको टुकी पानस टुकी बत्ती हो।
यसलाई हामीले विभिन्न विषयसँग जाेडर पनि अध्ययन गर्न सकिन्छ ।टुकीको परिचयसँगै यसलाई हामीले धेरै विषयसङ जोडेर अध्ययन गर्न पनि सकिन्छ ।मैले यो परियोजनाअन्तर्गत कक्षा ९ को नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान विषयसँग जोडेर गरिएको अध्ययनको बारेमा लेख्न गइरहेको छु ।
नेपाली विषयमा टुकी बत्ती बारेको अध्ययन लेखन चाहन्छु ।
हामिले टुकी बत्तीलाई विषयसँग जोडेर हेर्दा।
पदवर्ग; सङ्खेय नाम,
अर्थ;धिब्री,बत्ती,कुपी
उदाहरण;उहिले बिजुली थिएन सबैले टुकी बाल्थे।नेपालीमा टुकी बत्तीको अनुच्छेद लेखन,वाक्य म प्रयोग गरेर वाक्य बनाउन सकिन्छ ।
विज्ञान तथा प्रविधिमा टुकी बत्ती कसरी अध्ययन गर्न सकिन्छ हेरौ है त।
यो उपकरण उर्जा,प्रकाश र तापसँग सम्बन्धित देखिन्छ।यसै कारण टुकी बत्तीको सम्बन्ध विज्ञान विषयसँग पनि रहेको छ।यसमा राखिने मट्टीतेल उर्जा हो।यसको प्रयोगबाट ताप र प्रकाश निस्किन्छ।त्यसैले यो एक साधारण यन्त्र हो।यसमा प्रयोग हुने मट्टीतेललाई रासायनिक रूपमा C12H26C15H32 को रूपमा प्रस्तुत गर्न सकिन्छ।
सामाजिक अध्ययनमा टुकी बत्ती
टुकी परम्परागत बत्ती बाल्ने प्रविधी हो।यस्ले पहिले पहिले गाउँघरमा समपन्ताको पनि प्रतीकको रुपमा पनि प्रयोग गरिन्थ्यो।त्यसैले यो ऐतिहासिक उपकरण पनि हो।हिजो आज यस्को प्रयोग नगरिने हुनाले यसलाई पुरातात्त्विक महत्त्व बस्तुको रुपमा पनि लिन सकिन्छ।
म टुकी बत्तीलाई अंग्रेजी विषयसँग जोडन चाहन्छु ।
I am writing a paragraph about the historical tool Tuki (bottle) lamp. Using kerosene in an iron, copper, brass or glass vessel that leads from dark to light, a small part of a cotton rag is placed outside the vessel and a long part is brought to the bottom of the vessel to light a kerosene lamp in the vessel. The material is called Tuki. Black smoke comes out of it. Tuki lamp was used all over the world before the invention of electricity. As it was a common device, it was lit in every village or village. With the invention of Tuki, the uniformity of light and fuel required, Tuki was widely used all over the world. It used to be. The Tuki Batti tradition, which gave the identity of the ancestors' lifestyle and the time, has become greedy. Along with the expansion of electricity and the use of alternative energy, those traditions are disappearing.
स्वास्थ्य तथा वातावरण विषयमा टुकी बत्ती
स्वास्थ्य तथा वातावरण विषयसँग पनि टुकी बत्तीकाे सम्बन्ध रहेको पाएको छु । टुकी बत्ती वातावरण तथा मानव स्वास्थ्यको लागि हानिकारक हुने रहेछ । टुकी बाट निस्कने धुवाँले फोक्सोमा असर गर्ने र श्वासप्रश्वास रोग लाग्ने सम्भावना धेरै हुने रहेछ ।
गणित विषयमा टुकी बत्ती
मैले सोचाइ अनुसार टुकी बत्ती लाई गणित विषयसँग जोडेर हेर्दा हामीले यसको माध्यमबाट क्षाेत्त्रफल निकाल्न सकिन्छ । यसको तौल पनि निकाल्न सकिन्छ ।ज्यामितीय आकारमा ➤अर्धगोला,गोलाकार,बेलनाकार प्रयोग भएको छ।हामिले यसको
➤T.S.A(पुरै सतहको क्षेत्रफल) पनि निकाल्न सकिन्छ ।
➤C.S.A(बक्र सतहको क्षेत्रफल)पनि निकाल्न सकिन्छ ।
➤T.V(पुरै आयतन)पनि निकाल्न सकिन्छ ।
➤टुकीको बिर्को टुप्पो भागको व्यास र उचाइ मान
पनि निकाल्न सकिन्छ ।
अझै मैले टुकी बत्ती बारेमा धेरै जान्न हाम्रो समाजमा रहेका बुढापाखा हजुरबा हजुरआमा लाई सोधपुछ गरे उहाँहरु भन्नुहुन्छ ।
पहिले अहिले को जस्तो बिजुली बत्ती थिएन। उहाँहरु रातीको बेला पढ्न होस या जुनसुकै कामहरु गर्न टुकी बत्ती को प्रयोग गर्थे रे। बुडापाखा भन्छन् तिमीहरुको हातमा टर्च लाइट मोबाइलको उज्यालो भय झै हाम्रो हातमा टुकी बत्ती हुन्थ्यो भन्नुहुन्छ । हाम्रो दिउँसोको उज्यालो सुर्य हुन्थ्यो भने राति को टुकी बत्तीको भरमा हुन्थ्यो।हाम्रा पुर्खाहरु टुकी युग भन्दा पहिले खोटे सल्लो छिपिय पछि खोटोले भरिएको दियालोलाई बालेर उज्यालो बनाउन प्रयोग गर्थे रे त्यसपछि बिस्तारै लालटिन आविष्कार भयो बिस्तारै बिजुली र बैकल्पिक उर्जाको आविष्कार भयो ।पुर्खाको जीवन शैली र तत्कालीन समयको पहिचान दिने टुकी बत्ती परम्परा लोभ भैसकेको छ ।विद्युतको बिस्तार र बैकल्पिक उर्जाको प्रयोग सँगै ती परम्परा हराउदै गएका छन्।
यो परियोजना कार्य गर्दा सबै भन्दा पहिले मैले परम्परागत सामग्री घरबाट बिद्यालय ल्याए। त्यसपछि शिक्षकले अभिलेख राख्नु भयो। परियोजना कार्य गर्दा आफुलाई थाहा भएको कुरा आफूलाई थाहा भएको कुरा विषयगत शिक्षकसँग सहयोग लिए । विषयगत रूपमा परम्परागत सामाग्रीको बारेमा लेखे । परियोजना कपीमा ‛सोच, गर र भन’ अभ्यास गरे। कम्प्युटरमा टाइपिङ गरे । परियोजना कार्य मिनी नेपालमा पोस्ट गरे।
यो परियोजना कार्य गर्दा मलाई धेरै खुसी लागेको छ ।अहिलेको पुस्ता मौलिक सर सामग्री बारेमा छैन्न। मैले हाम्रा मौलिक सर सामग्रीको बारेमा बुझ्ने मौका पाए । एकै सामग्रीबाट यति धेरै कुरा गर्न सकिने रहेछ । खोज्न सकिने रहेछ भन्ने आत्मविश्वास बढाएको छ ।हामीले मौलक सामग्रीबाट पनि धेरै अध्ययन गर्न र धेरै कुरा सिकन सकिदो रहेछ। मलाई परियोजना कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ।