नमस्कार! मेरो नाम रोजीना सुनार हो। म श्री सरस्वती माध्यमिक विधालयको कक्षा ९ मा पढ्छु । मैले सामाजिक विषय अध्ययन अन्तर्गत हाम्रो परम्परागत सिप र ज्ञान भन्ने पाठबाट सम्बन्धित परियोजना कार्य गर्दै छु । मेरो परियोजनाको विषय डालीको हो ।
डाली एक परम्परागत सामाग्री हो । यो बाँसको चोयाबाट बनेको हुन्छ । डाली विभिन्न कामको लागि प्रयोग गरिन्छ । यस डालीले नेपाली मौलिक संस्कारलाई पनि झल्काउँछ । गाउँघरमा दैनिक रूपमा मकै राख्न, अन्न सब्जी राख्न यस डालीको प्रयोग गरिन्थ्यो । यस डालीलाई मृत्यु संस्कार, विवाह, व्रतबन्ध आदिमा प्रयोग गरिन्छ । यो डाली बाँसको चोयाबाट बनेको हुनाले यसले वातावरणलाई कुनै प्रदूषण गर्दैन । यस डालीलाई घरमा पनि बनाउन सकिन्छ ।
डालीलाई विभिन्न भाषामा विभिन्न नामले चिनिन्छ । डाली नेपाली शब्द हो । अङ्ग्रेजीमा bamboo-basket वा कहिले पनि bin भनिन्छ । नेवारी भाषामा डाल्चा भनिन्छ । तामाङ भाषामा ढाकी भनिन्छ । भोजपुरीमा डालीया भनिन्छ । यो कुरा मैले विधालयकाे बहुभाषिक शब्दकाेष हेरेर लेखेको हुँ ।
परियोजना कार्य गर्दा मैले सामानको बारेमा खोजी गरे । त्यसपछि म्युजियम कार्ड बनाए । मैले डालीको बारेमा विभिन्न विषयका शिक्षकहरू सँग सोधेर लेखे र शिक्षकहरूले भन्नुभए अनुसार विभिन्न विषयमा जाेडेर प्रस्तुत गर्ने प्रयास गरेकाे छु ।
नेपाली विषय शिक्षकका अनुसार: डाली “डालाे” भन्ने शब्दमा ‛ई’ कार जाेडिएर बनेकाे शब्द हाे । नेपाली शब्दकाेषका अनुसार डालाे संस्कृत शब्दबाट अाएकाे हाे जसकाे अर्थ डल्लके बाँस, निगाला आदिका चोयाले बुनेको, अन्नपात हाल्ने, फराक मुख भएको केही गहिरो भाँडो भन्ने बुझिन्छ । डाली नाम पदवर्गमा पर्द्छ । नेपाली शिक्षकका अनुसार डालीलाई कविता, कथा, स्मृति लेखन, अनुच्छेद लेखन, वर्णन, व्याख्या, हास्य व्यङ्ग्य आदिको रचना गर्न सकिन्छ । म यहाँ डाली बनाउने तरिकाको बारेमा एक अनुच्छेदमा लेख्न गइरहेको छु ।
डाली बाँस वा निगाला आदिका चोयाले बुनेर बनाइन्छ । चाेया निकाल्न बाँस वा निगाला पाकेकाे वा छिप्पिएकाे रूख हुनुपर्छ । बाँस वा निगाला काटेर हाँगा छिमल्ने र टुक्रा बनाउनुपर्छ । टुक्रा बनाइसकेपछि चाेया निकाल्नुपर्छ । चाेयालाई एक वा दुई घाममा सुकाउनुपर्छ । सुकेपछि त्यसबाट डाली बनाउने काम गरिन्छ ।
विज्ञान विषय शिक्षकका अनुसार: डाली बाँस वा निगालोको चोयाबाट बनाइन्छ । यसमा परम्परागत सिपको प्रयोग गरी स्थानीय सामग्रीहरूको प्रयोग गरी बनाइन्छ । बाँस वा निगालो आफै पनि तापेका कुचालक भएकोले यसमा राखिएका सामाग्री सुरक्षित हुन्छ ।
सामाजिक विषय शिक्षकका अनुसार: डाली नेपाली परम्परागत सिप प्रयोग गरी बनाइएको हुन्छ । यसको उपयोग विभिन्न कामको लागि गरिन्छ । जस्तै: अन्न राख्न, फलफूल र तरकारी राख्न, कोसेली लैजान आदि । डाली बनाएर बेच्न सक्यो भन्ने यसबाट आम्दानी पनि हुन्छ ।
गणित विषय शिक्षकका अनुसार: डाली सामान्यतामा यसको माथिल्लो भाग गोलाकार र आधारको भाग वर्गाकार रहेको हुन्छ । यसबाट यसको पुरा सतहको क्षेत्रफल र आयत निकाल्न सकिन्छ ।
According to English teacher: A Basket ('Dali') is a traditional household item we often use at home. We use baskets for many purposes. In rural homes, people used this branch for daily tasks like storing corn and vegetables. It is also used for important ceremonies like death rituals, weddings, and fasting. Dali is made from bamboo, it doesn't harm the environment. In the past, people in rural areas used basket extensively but nowadays they no longer widely used in today's context.
पहिले हामीले मिनी नेपालमा गएर आइडी खोल्यौँ । त्यसपछि परम्परागत सामानको खोजी गर्यौ । विभिन्न विषयको शिक्षकहरू सँग सोधेर लेख्यौँ । सबै जानकारीलाई बटुलेर राम्रो सँग लेख्यौँ । त्यसपछि कम्प्युटरमा गएर टाइप गर्यौ । टाइप गरेर सकेपछि त्यसलाई मिनी नेपालमा पोस्ट गर्यौ । त्यसपछि त्यसको भिडियो बनायौँ । भिडियो पोस्ट गर्यौ र हाम्रो परियोजना कार्य सक्यो ।
परियोजना कार्य गर्दा मलाई धेरै रमाइलो लाग्यो ।परियोजना कार्य गर्दा मैले धेरै नयाँ नयाँ कुरा थाहा पाएँ । कहिले थाहा नभएको सामानको बारेमा थाहा पाएँ । नयाँ ज्ञान र सिप प्राप्त भयो । यो कार्यले म पछिका भाइबहिनीहरूलाई पनि परम्परागत सामानका बारेमा थप अध्ययन गर्न सजिलो हुने छ भने कुरामा रमाइलो लाग्यो ।
यहाँहरूले यसबारे थप जानकारी वा सुझाव दिई यस परियोजनालाई अझ राम्रो र परिकृत गर्न सहयोग गर्नुहुन समेत अनुरोध गर्दछु ।