नमस्कार!मेरो नाम दीपिका लिम्बु हो ।म कक्षा पाँचमा पर्छु । मेरो रोल नं. चार हो । मेरो विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो । म आज ठेकीको बारेमा लेख्न गइराखेको छु ।
ठेकी एउटा परम्परा वस्तु हो । ठेकी काठबाट बनाइछ । ठेकीमा दही,मही जमाउनुमा प्रयोग गरिन्छ । ठेकी गाउँघरमा धेरै चलाइन्छ । ठेकी अहिले धेरै जसोको घरमा हुँदैन । मेरो घरमा दही जमाउन ठेकीको प्रयोग गर्छौ । मेरो घरमा पाहुना आउँदा ठेकीबाट दही झिकेर दिने चलन छ ।गाई, भैँसी पालनेको घरमा दही जमाउन ठेकीको प्रयोग गर्छन् । ठेकीमा मही बनाउन मिल्छ । मही बेचेर आम्दानी प्राप्त गर्न सकिन्छ । लिम्बु भाषाबाट ठेकीलाई ठेकाभनिन्छ । तामाङ भाषाबाट ठेकीलाई ठेकी नै भनिन्छ । नेवारी भाषाबाट ठेकीलाई घ भनिन्छ । ठेकीले मान्छेको जीवनमा सरल बनाएको छ । धन्यवाद ।