घेैला

मेरो नाम सुभिक्षा राई हो। म श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा -९ मा पढ्छु। आज म घैलाको बारेमा परियोजना कार्य गर्दै छु। परियोजना कार्य गर्दा मैले सामानको बारेमा खोजी गरे। त्यसपछि म्युजियम कार्ड बनाए। सामानको बारेमा विभिन्न विषयमा शिक्षकहरू सँग सोधेर लेखे।

घैला एक परम्परागत प्रविधि हो। यो माटोबाट बनेको परम्परागत सामान हो। घैला पानी राख्नको लागि प्रयोग गरिन्छ। मैले घैलाको बारेमा विभिन्न विषयका शिक्षकहरू सँग सोधेर लेखे र शिक्षकहरूले भन्नु भएको कुराहरू यस प्रकारका छन् ;

 विज्ञान शिक्षकका अनुसार= घैला माटोबाट बनाई आगोको भट्टीमा पोलेपछि यसले स्थायी आकार लिन्छ। परम्परागत रूपमा प्राचीन समय देखि यसको प्रयोग हुँदै आएको छ। माटोबाट बनेको यो भाँडो तापको कुचालक भएकाले यसमा राखिएको पानी चिसो हुन्छ।

 सामाजिक शिक्षकका अनुसार= घैला परम्परागत प्रविधिमा आधारित सामान हो। यसले नेपाली संस्कृतिलाई प्रदर्शन गर्छ। घैला चाडपर्वमा चोखो पानी राख्न प्रयोग गरिन्थ्यो।

 गणित शिक्षकका अनुसार= घैला यसबाट गणितको धारणा दिन सकिन्छ। जस्तै यसको मुख गोलाकार र यसको तलको भाग अर्धगोलाकर आकारको हुन्छ।

नेपाली शिक्षकका अनुसार = घैला नेपालीहरूको परम्परागत पुरानो सामाग्री हो। यो घैला माटोबाट बनाउन सकिन्छ। यो हाम्रो पुर्खाहरू बाट प्रचलनमा आएको सिप हो। यसले नेपालीहरूको कला र संस्कृतिलाई पहिचान गराउँछ। 

According to English teacher; Ghaita is a type of clay pot. Initially, It was used to store yogurt. In the beginning, people used to keep yogurt Ghaita. Even if yogurt is not kept,water can be stored in Ghaita.The clay is shaped to make the Ghaita.when anything is stored in Ghaita,It stays fresh. In the Newari language,It is called 'kuchila'. In Maithili, It is known as 'Matka', and In Tamang, It is reffered to as 'fumba'. In english, It may be called a'pot'. Ghaita can also usedto ferment 'Masu'(meat) in larger Ghaita. In larger Ghaitas, Even water can be stored.

म परियोजना कार्य गर्दे छु किन भने योजना नबनाईकन कुनै काम गर्न सकिँदैन। जस्तै कि घैला बनाउनको लागि पनि परियोजना गर्न सकिन्छ। यसले पुर्खाहरुकोनि सम्झना झल्काउँछ। यसलाई पछिसम्म सम्झना होस् भनेर हामीले परियोजना बनाएका छौँ।

परियोजना कार्य सुरु गर्दा त्यसको परिचय गरी विभिन्न विषयसँग लेख्छौ। विभिन्न भाषामा त्यसलाई के भनिन्छ लेख्छौ त्यसपछि गणितमा क्षेत्रफल निकाल्छौ, विज्ञान सम्बन्धी लेख्छौ यति आदि गरी मिनी नेपालमा गई विद्यालय पोस्टमा गई बुझाएर अन्त्य गर्छौ।

परियोजना कार्यहरू गर्दा मैले गरेका कुराहरू परम्परागत सामानहरूको खोजी गरे र त्यसपछि विभिन्न विषय पढाउने शिक्षकहरूलाई सोधेर त्यसको बारेमा लेखे। सबै कुराहरू मिलाएर लेखेपछि कम्प्युटरमा गएर टाइप गरे। कुन कुन भाषाले के के भन्छ भनेर थाहा पाए।  

 

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१९

सम्बन्धित पाेस्ट