एक समयको कुरा थियो चरा र कमिला एउटै रुखमा बस्थे । रुख खोलाको फेदमै थियो । एक दिन कमिलाको खुट्टा चिप्लेर खोलामा खस्यो । खोलाले कमिलालाई बगाउँदै लाग्यो ।
बचाउन चराले दिमाग लगायो । उसले रुखको पातहरू चुच्चोमा च्याप्यो । एक एक गदै पात खोलमा खसाल्यो । पात खोलामा बग्दै बग्दै कमिलाको छेउसम्म पुग्यो । कमिला पात माथि बस्यो । चराले चुच्चाले कमिला भएको पात लिएर खोलाको किनारमा आयो । किनार सम्म पुगेर आफ्नो ज्यान बचायो । कमिलाले चरालाई धन्यवाद दियो ।
त्यस्तै अर्को दिन चरा र कमिला गफ गरेर बसिरहेका थिए । एउटा सिकारी सिकार गर्न आयो । त्यो सिकारीले चरालाई । आफूसँग भएको बन्दुकले चरालाई ताक्यो । कमिलाले सिकारीलाई देख्यो । कमिला पनि काम बाठो थिएन । कमिलाले रुखबाट हाम फाल्यो । सिकारी हातमा कुटुक्क टोक्यो आइ इ या भनेर सिकारी करायो । सिकारीले बन्दुक फाँकेर आफ्नो हातमा हेरेर । चार भुर्र उडेर आफ्नो ज्यान जोगायो ।