मेरो नाम कर्मा लामा हो । म कक्षा ६ मा पढ्छु । म एउटा कथा लेख्छु । त्यो कथाको नाम कछुवा र खरायो हो ।
एउटा देशमा कछुवा र खरायो बस्थे । कछुवा बाटोमा हिन्दै थियो । अचानक खरायो आयो । खरायोले भन्यो तिमी कति बिस्तारै हिँडेको । कछुवाले भन्यो तिमी जस्तो छिटो म हिँड्न सक्दिन । खरायोले तिमी अल्छी हौ भनी खिल्ली गर्न थाल्यो । सबैको आफ्नै सामर्थ्य हुन्छ भन्दै कछुवा अगाडि हिँड्यो । खरायोले कछुवालाई जिस्काउन छाेडदैन् र अल्छी नभएको प्रमाणित गर्न चुनौती दिन्छ । र खरायोले नत्र भने एउटा दौड खेल म न त भन्छ । कछुवाले हुन्छ म खेल्छु भन्छ। खरायोले भन्यो जो त्यस पहाडको पछाडि पहिला पुग्छ त्यसले दौड जित्छ । र, दौड सुरु हुन्छ । रेस सुरु भए पछि कछुवा र खरायो दौडिन सुरु गर्छन् । एकै छिनमा खरायो पर पुग्छ । खरायो पछाडि फर्केर हेर्छ कछुवा त कति पछाडि रहेको देख्छ र एक छिन आराम गर्ने बिचार गर्छ । आराम गर्दा गर्दै निन्द्रा आउँछ र सुत्छ । कछुवा भने हिँडिरहन्छ । कछुवा दौडको अन्तिममा पुग्नु आटेको हुन्छ । त्यसै बेला खरायोको आँखा खोल्छ । खरायोले हेर्दा कछुवा त कति छिटो पुग्नु आँटेछ दौडेर म पहिले नै पुग्छु भनी दौडन्छ । कछुवा दौडको अन्तिममा पुगी सकेको हुन्छ । कछुवाले जित्छ । खरायोले हार्छ । सानो मुख लगाएर खरायोले जित्यौ र म हारे भन्दै घर जान्छ । धन्यवाद !