मेरो नाम बिपसना बि.क. हो । म कक्षा चारमा पढ्छु । विद्यालयको नाम श्री सरस्वती माध्यमिक विद्यालय हो। म शिव मन्दिर को बारेमा लेख्न जाँदै छु ।
शिव मन्दिर भगवान् शिवको मन्दिर हो । यो ललितपुर जिल्लमा गोदावरी नगरपालिका वडा न.१२ ठेचोमा पर्छ । यहाँ धेरै मानिसहरू आउने गर्छन् । यहाँ टाढा टाढाका भक्तजन आउने गर्छन् । यो मन्दिर धेरै पहिला बनाएको हो । यहाँ बर र पीपलको वृक्ष छ । यहाँ नजिकै धारा पनि छ । यो धाराको पानी खान पनि मिल्छ । यहाँको नजिकै धेरै घरहरू छन् । यो मन्दिर नजिकै मेरो पनि घर छ। यहाँका वरपरका घर मामा,माइजू,अङ्कल,आन्टी,हजुरआमाहरूको घर हो । साउन बाेलबम, तीज, माघ महिनामा यस मन्दिरमा धेरै भिड लाग्ने गर्छ । २०७२ सालको भूकम्प पश्चात् फेरी यो मन्दिर भरखर भत्काएर नयाँ बनाएको हो । यहाँ धेरै भगवान् को फोटोहरू पनि छन् ।यहाँ कृषाणको,राधाको,महाकालीको,नागको पनि फोटो छ । यस मन्दिर वरिपरि खुल्ला चौर पनि छ । यहाँ हामी खेल्ने पनि गर्छौ । यस ठाउँ मलाइ धेरै मन पर्छ ।