ढिकी

नमस्कार ! म कक्षा ९ मा अध्ययनरत छात्रा प्रजना दर्जी हो।मेरो रोल नम्बर ५६ हो। मैले सामाजिक विषय अध्ययन अन्तर्गत हाम्रो परम्परागत प्रविधि भन्ने पाठबाट सम्बन्धित ढिकी शिर्षकमा परियोजना कार्य गर्दै छु।    ढिकी एक काठबाट बनाइएको अन्नहरू पिँध्न प्रयोग गरिने परम्परागत प्रविधि हो।यसबाट हामीले सजिलै धान,मकै,कोदो,गहुँ जस्ता अन्नहरू पिँध्न सकिन्छ।यस्लाइ हामीले विभिन्न भाषामा बुज्न सकिन्छ।ढिकीलाइ नेवारीमा कुटी भनिन्छ भने भोजपुरीमा देक्की भनिन्छ।ढिकीलाइ हामीले विभिन्न विषयसँग जोडन सकिन्छ जस्तै,

विज्ञान विषयमा : विज्ञान विषय अनुशार ढिकीलाइ प्रथम दर्जाको उत्तोलक भनिन्छ।विशेष गरी यसमा बलको प्रयोग गरिन्छ।

नेपाली विषयमा : यो एक परम्परागत प्रविधि भएकोले यसको संरक्षणको लागि हामीले यसबारे कथा,कविता,निबन्ध,गजल जस्ता कृतिहरू लेख्न सकिन्छ।

सामाजिक विषयमा : ढिकी परम्परागत प्रविधि भएकोले यसको संरक्षण गर्नु जरूरी छ।परम्परागत प्रविधिहरूको संरक्षण गर्नु नै सामाजिक विषयको प्रमुख उदेश्य हो।

गणित विषयमा : ढिकी बेलनाकार हुन्छ। यसबाट हामीले पूरासतहको क्षेत्रफल निकाल्न सकिन्छ।

अंग्रेजी विषयमा : Dhiki is a traditional technique used to grind grains made of wood.With this we can easily grind grains like paddy,corn,millet,wheat.It can be understood in different languages Dhiki is called kuti in Newari and Dekki in Bhojpuri.Dhiki can be associated with various topics like:English,Math,Science,Nepali,Social etc…

पहिला पहिला ढिकीको प्रयोग ज्यादै गरिन्थ्यो भने अहिले यसको प्रयोग घटदै गएको छ।हामीले हाम्रो परम्परागत प्रविधिहरूलाइ विर्सनु हुँदैन।परम्परागत प्रविधि हाम्रो धन हो।यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।यसको विशेषताहरू बुदागत रूपमा निम्नानुसार छन्:

 १. कार्य गर्न सरल,सहज हुने,

२. प्रदुषण नहुने,

३. पैसाको बचत हुने,

हामीले हाम्रो परम्परागत प्रविधिलाइ संरक्षण गर्नु जरूरी छ।नेपालको संस्कृति जतिकै पुरानो छ त्यतिकै पुरानो परम्परागत प्रविधि छ। यसको हामीले प्रयोग गर्नु जरूरी छ। मैले दिएको जानकारी हजुरहरूलाइ कस्तो लाग्यो कृपया बताइदिनुहोला।

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१९

सम्बन्धित पाेस्ट