म सदिक्षा बयालकोटी कक्षा ९ मा पढ्छु । मैले सामाजिक अध्ययन अन्तर्गत परम्परागत सिप र प्रविधि भने पाठ अध्ययन गर्न क्रममा चकटीको परियोजना गरेको छु ।
परम्परागत रूपमा ग्रामीण महिलाहरूले मकैको खोस्टा , पराल, बाबियो आदिबाट बनाइनेलाई चकटी भनिन्छ । चकटी गोलो प्रकारको हुन्छ । चकटी मानिसहरूले बस्नका लागि प्रयोग गरिन्छ । चकटी मानिसहरूले सजाउनका लागि पनि प्रयोग गर्छन् । नेवारी भाषामा चकटीलाई चाक्ला सुकु भनिन्छ । चकटीलाई थारु भाषामा सुपा भनिन्छ । चकटी नेवारहरूले भोजका लागि प्रयोग गर्छन् । चकटी व्यापार गरेर मानिसहरूले पैसा पनि कमाउँछन् । प्राकृतिक रूपमै उपलब्ध सामग्रीहरूको प्रयोग थोरै सिप भएका व्यक्तिहरूबाट पनि काम सम्पन्न हुने भएकोले यस्ता सामग्रीहरू महत्त्व छ ।
नेपाली शिक्षक ः चकटी प्राचीन काल देखि चली आए छ । यसबारे वर्णन गरी कथा , कविता , अनु लेखन , वाक्य गन्न, वर्णविन्यास , चकटीबारे काल्पनिक घटना वर्णन गर्न सकिन्छ । चकटी नाम भएकाले यो नामवाचक शब्द हो ।
अङ्ग्रेजी शिक्षक ः चकटी एउटा Noun वर्गमा पर्दछ । एकवचन भएकाले Singular Noun र निर्जीव भएकाले लयल ष्खिष्लन तजष्लन अन्तर्गत पर्दछ । यसलाई non living thing गरिन्छ । It has circle shape . Its use for sit.
सामाजिक शिक्षक ः चकटी नेपाली मौलिक सामाग्री हो । यसले हाम्रो परम्परागत ज्ञान र सिपलाई चिनाउँछ । यसको प्रयोग पाउनालाई स्वागत संस्कार गर्ने पनि सहयोग गर्छ । आफ्नै खेत बारीको मकैको खोस्टा आफ्नै पुर्खाबाट सिकेको सिप प्रयोग गरेर कलात्मक चकटी बनाइन्छ यसले नेपाली मौलिक कला र संस्कृतिको पहिचान गराउँछ र बचाउन मदत गर्छ ।
विज्ञान शिक्षक ः चकटी ताप प्रसारण नहुने भएकाले यसमा बस्दा भुईँमा जस्तै चिसो हुँदैन । यसले हाम्रो शरीरबाट तपशति जमिनमा प्रवाह हुन दिँदैन । साथै यसमा भएको नरमपनाले शरीरलाई आघात पुग्नबाट पनि बचाउँछ । परियोजना कार्य गर्दै छु किनभने परम्परागत सामग्रीहरूलाई अनुसन्धान गरी आफूले जानेको कुराहरू अरूलाई सिकाई परम्परागत सामग्री सम्बन्धी बारेमा अरूलाई जानकारी दिन र परम्परागत ज्ञान , सिप , अभ्यास गर्ने । हामीले यो परियोजनाको कार्य बाहिरको मानिसहरूलाई पनि सिकाउन सकिन्छ । परम्परागत देखि नै चली आए रहेछ यो सामग्री । हामीहरूलाई चकटी के हो भनेर थाहा पनि थिएन तर चकटी प्राचीन काल देखि चली आएको रहेछ । चकटी मानिसहरूले बस्नका लागि प्रयोग गर्दा रहेछन् । चकटीबाट व्यापार गरेर मानिसहरूले पैसा पनि कमाउन रहेछन् । परियोजना कार्य गर्दा रमाइलो लागेको छ र धेरै कुराहरू थाहा पाए । अनि अरू भाषामा के भनिन्छ भन्ने पनि थाहा पाए ।
परियोजना सुरु गर्दा त्यसको परिचय दिनु पर्छ ।त्यसपछि सबै विषयको शिक्षकलाई सोधेर लेख्नु पर्छ ।त्यसपछि विभिन भाषामा के भनिन्छ भनेर लेख्ने । त्यसपछि गणितको क्षेत्रफल निकाल्नु पर्छ र विज्ञान सम्बन्धी पनि लेख्न सकिन्छ । सबै कुरा समेटेर कम्प्युटरमा लेख्नु पर्छ । कम्प्युटरमा टाइप गर्न सकेपछि मिनी नेपालमा पोस्ट गर्नु पर्छ ।