कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन
घोटिएर सयौँपल्ट दाउरो बन्छ चन्दन ।
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब ।
जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी ।
ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्व निम्ति गौरव ।
जसका भावना हाँस्छन् मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।
जसका कर्मले लिन्छन् उच्च जीवनका पथ
तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव ।
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
साभार ः कवि राम प्रसाद गाउँले , कक्षा १० नेपाली पुस्तक