पेरुङ्गो

मेरो नाम जीवन कुमार लो हो। म कक्षा नौ मा पढ्छु। म सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय भित्रको हाम्रा परम्परागत प्रविधि, सीप र अभ्यास  विषय अन्तर्गत परियोजना कार्य प्रस्तुत गर्दैछु। मेरो सामाग्री को नाम पेरुङ्गो हो। 

पेरुङ्गो परम्परादेखि चलिआएको परम्परागत प्रविधि हो। पेरुङ्गोमा पहिला पहिला गाउघरतिर लसुन, प्याज, कुखुरा, जस्ता कुराहरु बोक्न अथवा पाहुना जादा कोसेली लैजानका लागी यसको प्रयोग गर्दै आएको पाईन्छ। पेरुङ्गोको इतिहास पनि निकै पुरानो रहेको पाईन्छ। पेरुङ्गो चोयाबाट बनेको हुन्छ। पेरुङ्गो नेपाली भाषाको सब्द हो। पेरुङ्गोलाई नेवारी भाषामा टोकरी भनिन्छ। भने तामाङ्ग भाषामा कोलो भनिन्छ। र आङग्रेजी भाषामा perungo ( a bamboo basket ) भनिन्छ।

 पेरुङ्गोलाई कक्षा ९ मा अध्ययन गरिरहेको विषयहरूसँग जोड्ने कार्य परियोजनाको महत्त्वपूर्ण काम भए अनुसार म कक्षा ९ को गणित, विज्ञान, नेपाली,सामाजिक र आङग्रेजी विषयसँग जोडेर गरिएको अध्ययनको बारेमा लेख्न गइरहेको छु । 

पेरुङ्गोलाई गणित विषयसँग जोडेर परियोजना कार्य अगाडि बढाउँछु। यो अर्ध गोलकार जस्तो रहेको छ। यसबाट पुरासत्रको क्षेत्रफल र आयत निकाल्न सकिन्छ।

पेरुङ्गोलाई विज्ञान विषयसँग जोडेर जानकारी प्रस्तुत गर्दैछु।बाँसको चोयाबाट परम्परागत सिप र प्रविधि उपयोग गरी बनेको पेरुङ्गो बातावरण मैत्री सामाग्री हो। परापूर्व काल देखि प्रयोग हुदै आएको उच्च सामाग्री विशेष गरि हावा आवत जावत गर्न सक्ने गरि बनाएकोले लसुन, प्याज, आलु, जस्ता खाद्यय बस्तुहरु राख्न सकिन्छ।

पेरुङ्गोलाई नेपाली विषयसँग जोड्न चाहन्छु। नेपाली पेरुङ्गो एक प्राचिन समय देखि चलिआएको सामाग्री हो। पहिला पहिला गाऊघरतिर यसको निकै प्रयोग हुन्थ्यो। जस्तै = बिहे भोज तिर कुखुरा लैजान यसको प्रयोग गरिन्थ्यो।

पेरुङ्गोलाई सामाजिक विषयसँग पनि सम्बन्ध जोडन सकिन्छ। पेरुङ्गो प्राचिन काल देखि चलि आएको एउटा परम्परागत प्रविधि हो। यसले नेपाली मौलिकलाई झल्काउछ । यसको प्रयोग विभिन्न सामाग्रीहरु बोक्न मिल्छ।

पेरुङ्गोलाई अङ्ग्रेजी विषयसँग जोडेर परियोजना कार्य अगाडि बढाउँछु।पेरुङ्गोलाई अङ्ग्रेजीमा Perungo ( a bamboo strewn material “flat basket” भनिन्छ।यहाँ म पेरुङ्गोलाई  introdoction गर्दैछु। 

The perungo is a traditional nepali item made by weaving bamboo strips. It is commonly used for carrying loads such as firewood, grains, and other materials. When going to the forest or the market, people use the peru to carry goods easily on their backs. It is a versatile item used for various purposes.

मैले यस परियोजनाकार्यबाट नजानेको नबुजेको धेरै कुराहरु सिक्न पाए। र पेरुङ्गोको बारेमा थापए, पेरुङ्गोको फाइदा बेफाइदा थाहापाए।परियोजना कार्य गर्दा मैले पहिला पुरानो सामाग्री (पेरुङ्गो )गाऊघरबाट खोजेर ल्याए। त्यसपछि कम्प्युटर ल्याबमा गएर पेरुङ्गो सामाग्रीको वर्णन गरे। र पेरुङ्गो सामाग्रीको (musium card) बनाए। त्यसपछि पेरुङ्गोको बारेमा शिक्षकहरु लाई सोधेर परियोजना कार्य गर्न सुरु गरे। अहिले पुरानो सामान हराउदै गएको छ। त्यसैले मैले यो परियोजना कार्य गरेको हो। परियोजनाकार्य गर्न पाउदा मलाई धेरै खुसि लागेको छ।

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-१९

सम्बन्धित पाेस्ट