नमस्ते म सरस्वती घलान हुँ । म दियाेकाे बारेमा परियाेजना बनाउँदै छु ।
दियाे हाम्राे घरकाे पुजा काेठामा छ । दिनदिनै आमाले दीयाेमा बत्ती बालेर पुजा गर्नु हुन्छ । दीयाेबाट प्रकास प्राप्त हुन्छ । हाम्राे घर परिवार, मठमन्दिर, गुम्बामा दीयाेकाे प्रयाेग हुन्छ । पुजापाठ गर्नका विषेश गरी दीयाेकाे प्रयाेग गरिन्छ । तिहारमा दीयाेकाे प्रयाेग धेरै हुन्छ । म तिहारमा दीयाे बत्ती बाल्न सहयाेग गर्छु ।
दीयाे बाल्दा आमाले कपास बत्ती दीयाेमा राख्नुहुन्छ । अनि दीयाेमा खाने तेल, ध्यु राख्नु हुन्छ । अनि लाइटर वा सलाईले दीयाे बाल्ने हुन्छ।
आमाले भन्नुभए अनुसार दीयाे बत्तीबाट पवित्र प्रकास प्राप्त हुन्छ । दीयाे बत्तीकाे बाल्दा भगवान खुसी हुनुहुन्छ । दीयाेकाे प्रकासले हामीलाई अन्धकारबाट उज्यालाे जीवन तिर लैजान सहयाेग गर्छ । त्यसैले पुजापाठ, मन्दिर, गुम्वामा दीयाे बत्ती बाल्ने गर्छन् भन्ने कुरा मेराे आमाबाट थाहा पाए ।
दीयाे बत्तीलाई हाम्राे समुदायमा विभिन्न नामले चिनिन्छ । नेपाली भाषामा याे दीयाे बत्ती हाे । अंग्रेजी भाषामा Light भनिन्छ । नेवारी, तामाङ, थारू, उर्दु, मगर भाषामा यसलाई दीयाे नै भनिन्छ । भाेजपुरी र मैथली भाषामा दिया भनिने रहेछ । याे कुरा विद्यालयमा हुनुभएकाे साथी, दाई दिदीलाई साेधेर पत्ता लगाएकाे हुँ ।
दीयाे नामबाचक शब्द हाे । याे नेपाली विषयमा पढेर थाहा पाए । याे गाेलार्ध वा गाेलाे आकारकाे हुन्छ । याे गणित विषयमा पढेकाे थिए । दीयाेबाट ताताे र प्रकास निस्किन्छ । याे विज्ञान तथा प्रविधि विषयमा पढेकाे थिए । तिहारमा धेरै दीयाे बत्ती बालिन्छ । याे कुरा हामीले सेराेफेराे विषयमा पढेकाे थिए ।
दीयाे विभिन्न आकार प्रकारकाे हुने रहेछ । मैले गाेलाे आकार, गाेलाेमा चुच्चाे निस्केकाे दीयाे बत्ती देखेकाे छु । मैले माटाेकाे दीयाे, पित्तलकाे दीयाे, फलाम दीयाे बत्ती देखेकाे छु । कुनै कुनै दीयाे बत्ती त बुट्टा भरेकाे पनि देखेकाे छु ।
दीयाे एक सामग्री हाे । दीयाे बत्ती बाल्न प्रयाेग हुन्छ । त्यसैले यसकाे प्रयाेग हामी जस्ता साना साना भाई बहिनीले गर्नु हुदैन् । किनभने यसबाट पाेल्ने, आगाेलागी हुने सम्भावना हुन्छ । दीयाे बत्ती हामीले कहिल्यै पनि आफुखुसी बाल्नु हुदैन् । यसकाे सट्टा हामीले दीयाे बत्तीलाई राम्ररी राख्न सहयाेग गर्न सक्छाै ।
मलाई याे परियाेजना बनाएर निक्कै खुसी लागेकाे छ ।