चर्खा

नमस्ते ! मेरो नाम सुजता घागा मगर  हो। म कक्षा ९ मा पढ्छु। म सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय भित्रको हाम्रा परम्परागत ज्ञान ,सिप र प्रविधि  विषय अन्तर्गत परियोजना कार्य प्रस्तुत गर्न गइरहेको छु । 

 आज म चर्खाको बारेमा भन्न गाइरहेकी छु। चर्खा एक प्रकारको फलामबाट बनेको यन्त्र हो। चर्खा हसत्चाली युक्त हुन्छ। जसबाट सुत तैयार गरिछ। यो साधारण औजारका साथै सजिलै यसको प्रयोग गरिछ। चर्खा शब्द फर्सी भाषाबाट आएको मानिन्छ र यसको सबन्ध संस्कृतको चक्र भन्ने शब्द सँग निकै नजिक रहेको देखिन्छ। चर्खा भारत को स्वतन्त्रता संग्राम मा यो आर्थिक स्वावलम्बन को प्रतीक बनेको थियो।

चर्खाको जन्म र विकास कहिले भयो ,कसरी भयो भन्ने बारेमा चर्खा संघको तर्फ बाट कफी खोज बिन गरिएको थियो। भनिन्छ भारतमा अग्रेजहरू आउनु भन्दा पहिले देखि नै चर्खाको प्रचालन थियो। ई . १५०० सम्म वास्तुकला उधोग पुरै तरिकाले विकसित थियो। सन् १७०२ मा एउटै इग्लैड भारत बाट १०,५३,७२५ पाउनको खादी किनेको भन्ने पाइन्छ साथै मक्रोपोलो र टेवनियर ले खादी बाट अनेक सुन्दर कविताहरु लेखेका थिए। सन् १`१९६० मा टेवनियर को डायरीमा खादीको मृदुता ,बलियो र पारदर्शिताको धेरै प्रशंसा गरिएको पाइन्छ।

भारतमा चर्खाको इतिहास धेरै प्राचीन र पुरानो भएता पनि यसलाई उल्लेखनीय सुधारको काम महात्मा गान्धी को जीवन कालको नै मानिन्छ। सबै भन्दा पहिला सन् १९०८ मा गान्धीले चर्खाको कुरा सुझेको भन्ने पाइन्छ। तब जब उनी इग्लैडमा थिए। सन् १९१६ मा सावरमती आश्रम स्थापना भए। सन् १९१८ मा चर्खा सञ्चालनमा आएको इतिहासमा पाइन्छ। हाम्रो छिमेकी राष्ट्र भारतमा  चर्खा प्रचलनमा आए पछि।  विस्तारै हाम्रो देश नेपालमा पनि तुलसी निहारले सन् १९३० मा चर्खा प्रचारमा ल्याएको पाइन्छ।

 तुलसी निहारले हाम्रो  देश नेपालमा चर्खा प्रचलनमा ल्याए पछी हाम्रो देशमा रहेका नागरिकहरूलाई रोजगारिका अवसर पाएको थियो। त्यस बेला हाम्रो छिमेकी राष्ट भारतमा अंग्रेजहरूले  सासन गरिरहेको थियो। भने हाम्रो देश नेपालमा पनि राना सासन काल चलिरहेको थियो। त्यस बेला भारतमा अंग्रेजहरूले चर्खा माथि प्रतिबन्ध लगाएको थियो। जब यो कुरा राना सासनहरूलाई थाह भयो तब नेपालमा पनि चर्खा प्रति प्रतिबन्ध लगाएको मानिन्छ। तर नेपालमा चर्खा रोजगारीको साधन बनेको कारण नेपालमा भने चर्खा को प्रयोग चलिनै रहयो खासै चर्खाको प्रयोग कम भएन तर अहिले आएर हाम्रो देश नेपालमा चर्खा लोप हुदैँ गएको पाईन्छ। नेपालमा चर्खाको खोजि गर्ने हो भने देश भारी १० %पनि प्रयोग चर्खाको गरिएको पाइदैन। 

म अब आफ्नो विचारहरू राख्दै चर्खालाई विभिन्न विषयहरू सँग जोड्नु चाहन्छु।

 नेपाली विषयमा चर्खाको प्रयोग :-

 नेपाली विषय सँग चर्खालाई जोड्दा चर्खा नाम पद हो।  चर्खाको खोज्न सकिन्छ , अनुच्छेद ,वर्णविन्यास ,निबन्ध लेखन सकिन्छ साथै नेपाली चर्खा र चर्खा चलाउने व्यक्तिको जीवन शैली सँग सम्बन्धित भएर नाटक ,उपन्यास लेखन सकिन्छ र कविता पनि लेखन सकिन्छ।

ती मध्य म चर्खा सम्बन्धी कविता लेखन चाहन्छु।

 श्रम ,श्रम ,श्रम  रे चर्खा ,

भन्छ ; 'म जन को परम सखा ,'जीवन को सिधा साधा तिमी सखा भ्रम, भ्रम ,भ्रम ! '

भन्छ ,हे अगणित दरित्रगण ! जित को सुगन्ध अत्र ,छन् वसन्त ,म जीवन उत्तिको साधन क्रम ,क्रम ,क्रम !

भ्रम ,भ्रम ,भ्रम ' बुन रुई ,निर्धनता देऊ धुन कात सुत ,जीवन पट लेउ बुन : कमर्भण्य ,सिर मत धुन ,मत धुन, थम ,थम ,थम !'

नम्त गात यदि नेपाल आमालाई तब खादी समृद्ध को राकाहरो देशको दरिद्रता का तम ,तम ,तम !

भ्रम ,भ्रम ,भ्रम भन्छ, चर्खा प्रजातन्त्र सँग ' म कामद हु सबै मन्त्र लाई ',ह्ताह्स आधुनिक यन्त्र सँग ?

नमः ,नमः,नमः !'

सेवक ,पालक ,शोषित जनको रक्षक म स्वदेश को ,धन को मोती हो ,मोती तन, मन  धन  को श्रम ,श्रम ,श्रम !'

यस पछि म चर्खालाई सामाजिक विषयमा जोड्नु चाहन्छु :-

चर्खालाई नेपाली परम्परागत उपकरण को रूपमा लिइन्छ। सामाजिक अध्ययन गर्दा चर्खाको इतिहासहरूलाई स्पष्ट उल्लेख गर्न सकिन्छ। यस विषय सम्बन्धमा कक्षा ९ मा सामाजिक विषय अन्तर्गत परम्परागत ज्ञान ,सिप र प्रविधि भन्ने पथमा अध्ययन गर्नुपर्छ। यसले हाम्रो आ-आफ्नो परम्परागत संस्कृत र ज्ञानको पहिचान गराउँछ। हिजो आज यो उपकरण को प्रयोग गदै गए पनि हाम्रा पुर्खाहरूले कस्ता सामग्री र उपकरण प्रयोग गर्ने रहेछन् भनी हाम्रो इतिहासलाई जान्न सहयोग गर्छ।

अर्थशास्त्र विषयसँग चर्खालाई जोड्दा :-

अर्थशास्त्रमा चर्खाको विशेष किसिमले प्रयोग गरी पहिलेका मानिसहरूले जीवन यापन गर्न आय आम्दानी गर्नको लागि यसको प्रयोग गर्ने गरिन्छ। जस बाट आय आम्दानी गरी आफ्नो आवश्यकताका वस्तुहरू परिपूर्ति गरिन्छ। यो पहिलेका मानिसहरू को जीवन यापन गर्ने कलाको रूपमा लिने गरिन्छ। साथै यस बाट मागको आय लोच ,मागको छड्के लोच ,पूर्ति को नियम ,आवश्यकता को नियम।,मागको नियम सँग सम्बन्धित अर्थशास्त्र विषयमा अध्ययन गर्न सकिन्छ।

गणित विषयसँग चर्खालाई जोड्दा :-

गणित विषयमा हामीले चर्खाबाट परिधि ,वृत ,अर्ध व्यास ,आयातकार भाग ,अवनति कोण ,अन्तरा कोण अवलोकन गर्न सकिन्छ।

विज्ञान विषयमा चर्खालाई जोड्दा :-

विज्ञान विषयअन्तर्गत हामीले सरल यन्त्र भन्ने पाठ कक्षा ७,८ ,९ ,१० मा पढ्नु पर्छ। चर्खा एक प्रकारको सरल यन्त्र हो। चर्खा पाङ्ग्रा र बिँड को सिद्धान्तमा आधारित प्रविधि हो। यसबाट चाल अवस्था,  स्थिर अवस्था सँग सम्बन्धित हुन्छ।

चर्खालाई लेखा विष सँग जोड्दा :-

चर्खा फलाम धातुबाट बनेको हुन्छ। फलामलाई त्यतिकै विक्री गर्दा कम मूल्य मात्र लिन सकिन्छ। यसबाट चर्खा , भाँडाकुँडा ,कपडा सिलाउने मेसिन बनाई बेच्दा सुद्ध फलाम बेचेको भन्दा बढी मूल्य प्राप्त हुन्छ। अझ साधारण फलामलाई हामीले लाउने घडीको सुई बेच्न सक्दा बढी नाफा हुन्छ। चर्खाले बनेको कपडाको लागि घोगा बजार माग विगतमा धेरै थियो। अहिले बजार माग कम हुँदै गएको छ। 

चर्खालाई अङ्ग्रेजी विषयमा जोड्दा :-

चर्खालाई अङ्ग्रेजीमा crkha नै भनिन्छ। अङ्ग्रेजी विषयमा हामीले singular, pulular ,word x class ,ctranslate ,descriptive way ,when ,why ,time ,mainly use ,things ,lang development  आदि लेखन सकिन्छ।

निष्कर्ष :-  निष्कर्षमा भन्नु पर्दा चर्खा हाम्रो परम्परागत सर सामग्री हुनका साथै हाम्रो जीवनको एउटा महत्त्वपूर्ण यन्त्र रहेछ। जसबाट हामीले विभिन्न किसिमको आवश्यकता  पुरा गर्ने सामान हो। अहिले चर्खाको त्यति खास महत्त्व को छैन रहेछ तर पहिले हाम्रा पुर्खाहरू को लागि जीवनयापन गर्ने एक महत्त्वपूर्ण साधनको रूपमा रहेछ। सबै भन्दा महत्वको कुरा यो रहेछ कि चर्खाको सहायताले गर्दा महिलाहरूले पनि ग्रह सती बाहेक अन्य काम  पनि गर्न सकिन्छ भन्ने भाव उत्पन्न गर्नका  साथै  आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको छ। यी अन्य कुराहरू बाहेक पढाइमा पनि चर्खाले ठुलो भूमिका निर्वाह गरेको रहेछ। चर्खा सामाजिक विषय  देखि लिएर गणित ,विज्ञान ,लेखा ,नेपाली ,अङ्ग्रेजी ,अर्थशास्त्र सम्म केहिन केही किसिमले यी सबै विषय सँग सम्बन्धित रहेको देखिन्छ। त्यसैले हाम्रो दश नेपालमा चर्खाको संरक्षण गर्न निकै आवश्यक रहेको देखिन छ। 

परियोजना शिक्षक

महेन्द्र विष्ट

सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा

२०८०-१०-२४

सम्बन्धित पाेस्ट